आज हेटौंडामा एक कार्यक्रमका बिच ५२ औं विश्व वातावरण दिवस मनाइएको छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेकाे सप्ताहव्यापी कार्यक्रमको आज अन्तिम दिन सचेतनामुलक बृहत र्याली तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम गरि मनाईएको हो ।
-------------- बिज्ञापन ---------------
१९ वटै वडाहरुमा रहेका टोल विकास संस्थाहरुले ‘हाम्रो भूमि, हाम्रो भविश्य’ भन्ने नाराका साथ यस वर्षको विश्व वातावरण दिवस मनाइएको हो । हेटौंडामा ५२ औँ विश्व वातावरण दिवसको अवसरमा हुप्रचौरबाट सुरु भएको र्याली शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा गएर कोणसभामा परिणत भएको थियो ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा एवम् बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा टोल विकास स्थापना, गठन र परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्व कार्यकारी अधिकृत सुदर्शन ढकाललाई टोल विकास संस्था सम्मान र वातावरण संरक्षण र अभियान संचालनमा महत्वपूर्ण योगदान पुर्याए बापत नवजिवन ज्योति क्लब, हेटौंडा–६ लाई वातावरण सम्मान २०८१ द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट र्यालि पुरस्कारतर्फ मनकामना टोल विकास संस्था ९ख० हेटौंडा–८ प्रथम, सिमलटार टोल विकास संस्था हेटौंडा–११ दोश्रो, विकास टोल विकास संस्था हेटौंडा–८ तेश्रो, कालिकामाई विकास संस्था हेटौंडा–८, सामुदायिक विकास तथा सचेतना नेपाल र स्वर्गद्वारी महिला नौमती पच्चेबाजा समूह हेटौंडा– १, रक्षादेवि टोल विकास संस्था, हेटौंडा–६, नेवा सास्कृतिक पुच, हेटौंडा–२ सान्तवना भएका छन ।
कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठ, बागमती प्रदेश लोकसेवा आयोगका सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाका पूर्व कार्यकारी अधिकृत सुदर्शन ढकाल, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, सरकारी एवम् गैरसरकारी संघ संस्थाहरूको प्रमुख एवम् प्रतिनिधिहरू, टोल विकासका संस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।