आजदेखि मकवानपुर जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दा सेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन गरिएको हो ।
-------------- बिज्ञापन ---------------
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा असार २२ गतेसम्म शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो।
राक्सिराङ गाउँपालिकाबाट शुरु भएको शिविर कैलाश गाउँपालिकामा, थाहा नगरपालिकामा, इन्द्रसरोवर गाउँपालिकामा, बागमती गाउँपालिकामा, बकैया गाउँपालिकामा, मकवानपुरगढी गाउँपालिकामा, भीमफेदी गाउँपलिकामा र मनहरी गाउँपालिकामा क्रमशः सञ्चालन हुनेछ ।