मकवानपुर- आज कोशी प्रदेशका केही तथा मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित अहिले हल्का वर्षाको सम्भावना छ।
कोशी र मधेश प्रदेशमा अहिले साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।