मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रश्तुत गरेको छ । सोमबार गाउँसभामा बजेट प्रश्तुत गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले आन्तरिक आयस्रोत तथा बैंक नगद अल्याबाट ३० करोड २७ लाख ९४ हजार ७ सय ९९ रुपैयाँ, संघीय सरकारको वित्तिय समानीकरण अनुदान, राजश्व वाँडफाँट, समपुरक, सशर्त र विशेष गरी ३५ करोड ३६ लाख ५५ हजार, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर वाँडफाँट सशर्त, समपुरक र विशेष गरी ६ करोड २८ लाख १० हजार ४ सय तथा बाँकी १८ करोड ७ लाख ५२ हजार ८ सय १ रुपैयाँ संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर, वन रोयल्टी तथा अन्य निकायबाट प्राप्त हुने अनुमान गरिएको उल्लेख गरेकी हुन् ।
-------------- बिज्ञापन ---------------
व्ययतर्फ संघीय सरकारको सशर्त र समपुरक गरी ३५ करोड ३६ लाख ५५ हजार, प्रदेश सरकारको समपुरक, विशेष र सशर्त तर्फ ६ करोड २८ लाख १० हजार, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख, प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्च तर्फ १६ करोड ५० लाख २२ हजार ९९ खर्च हुने अनुमान गरिएको छ ।
विषयगत कार्यक्रम क्रियाकलापतर्फ ३० करोड ७३ लाख ४७ हजार, वडास्तरीय योजना तर्फ ९ करोड ४० लाख, गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकास योजना तर्फ ३३ करोड ३६ लाख ४३ हजार ९ सय १ रुपैयाँ खर्च हुने अनुमान रहेको उपाध्यक्ष मगरद्वारा प्रश्तुत बजेटमा उल्लेख छ । गाउँपालिकाले सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ५९ लाख ७२ हजार ९९ रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड ३ लाख १० हजार, सामाजिक विकास तर्फ २८ करोड ९० लाख ८७ हजार, पूर्वाधार विकासतर्फ ३३ करोड ३६ लाख ४३ हजार ९ सय, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ७० लाख र वडागत बजेटतर्फ ९ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
मनहरीले स्वास्थ्यतर्फ ६ करोड २५ लाख, शिक्षामा २१ करोड ७२ लाख ४७ हजार, कृषिमा ५ करोड ४० लाख १७ हजार, पशुतर्फ १ करोड ५५ लाख ८७ हजार, उद्योग तथा सहकारी र टोल विकास क्षेत्रमा ५६ लाख २० हजार १ सय रुपैयाँ बजेट विनियोजन गरेको छ ।