मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई मकवानपुरका राजनीतिक दलले बहिष्कार गर्ने भएका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिहिबार बसेको जिल्लाका नेकपा एमाले बाहेकका राजनीतिक दलका प्रमुख प्रतिनिधिले प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
-------------- बिज्ञापन ---------------
हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने ऐन खारेज नभएसम्म प्रतिष्ठाले आयोजना गर्ने कुनैपनि कार्यक्रममा सहभागी नहुने निर्णय भएको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए । तेस्रो वार्षिकोत्सवसम्म कुनैपनि राजनीतिक दललाई नसम्झेको स्मरण गराउँदै उनले ऐन खारेज नभएसम्म यस्ता कार्यक्रममा सहभागी नहुने जानकारी दिए ।
हेटौंडा अस्पताललाई संघीय कानुन विपरित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएको भन्दै जिल्लाका राजनीतिक दलले उक्त निर्णय खारेजीको माग गर्दै आएका छन् । यस विषयमा एमाले बाहेकका राजनीतिक दल एकठाउँमा उभिएका छन् ।