मकवानपुरका २,०९८ विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा मकवानपुरबाट २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नीिजा अनुसार मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना विद्यार्थी ११ कक्षा भर्ना हुन योग्य भएका हुन् ।

-------------- बिज्ञापन ---------------

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार यो ३६ दशमलव ४७ प्रतिशत हो । मकवानपुरको नतिजा राष्ट्रिय भन्दा पनि कमजोर देखिएको छ । मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ३ हजार ६५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने भएका छन् ।

मकवानपुरबाट जीपीए ३ दशमलव ६ देखि ४ सम्म हाँसिल गर्ने २ सय ५८ जना, जीपीए ३ दशमलव २ देखि ३ दशमलव ६ हाँसिल गर्ने ५९२ जना, जीपीए २ दशमलव ८ देखि ३ दशमलव २ हाँसिल गर्ने ७६५ जना, जीपीए २ दशमलव ४ देखि २ दशमलव ८ हाँसिल गर्ने ४५१ जना, जीपीए २ दशमलव ० देखि २ दशमलव ४ हाँसिल गर्ने ३२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

गत चैत १५ गते सुरु भएर चैत २७ गते एसईई सकिएको थियो । एसईईमा एउटा विषयमा मात्रै ननग्रेडेड भएका विद्यार्थी ७३० जना र २ वटा विषयमा ननग्रेडेड भएका विद्यार्थी ६२५ जना रहेका छन् । २ वटा विषयसम्म ननग्रेडेड हुने विद्यार्थीले ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा लिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित