आज सुनको भाउ बढेको छ । हिजो घटेको सुनको भाउ आज एक हजार रुपैयाँले बढेको हो ।
-------------- बिज्ञापन ---------------
आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।