हेटाैंडामा नेपाली जुत्ताघर शोरुमको उद्घाटन

मकवानपुर- हेटौंडाको राप्तीरोडमा नेपाली जुत्ताघर शोरुमको उद्घाटन भएकाे छ । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले नेपाली जुत्ताघर शोरुमको उद्घाटन गरे । श्रेष्ठले नेपाली जुत्ताघर शोरुमको उद्घाटन गर्दै उनले उत्पादनको तुलनामा नेपाली जुत्ताचप्पलको बजारीकरण नभएको धारणा राख्दै यसका लागि व्यवसायी र सरोकारवालाले सम्भाव्यता क्षेत्र अध्ययन गरी आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।

-------------- बिज्ञापन ---------------

नेपाली जुत्ता उद्योगको अवस्था र बजार स्थितिलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय वागमती प्रदेशले उद्यमशीलता तालिम प्रदान गरी व्यवसाय गर्न व्याज अनुदानको सहुलियत व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम ल्याएको उनले जानकारी दिए । भन्सार नियमनमा कडाइ नहुँदा, बढ्दो आयात लगायतले नेपाली ब्राण्डका जुत्ता उत्पादन भएअनुसार बजारीकरण नभएको उनले बताए ।

प्रदेश सरकारले जुत्ताचप्पल व्यवसायी महासंघका लागि ६० लाख विनियोजन गरेको उनले बताए । प्रदेश सरकारले संघीय सरकारसँग समन्वयन गरी भन्सार नियमन कडाइ गर्नुका साथै नेपाली गुस्तरीय जुत्ताको बजारीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने र सोबारे उद्योग, वाणिज्य तथा भूमि प्रशासन मन्त्रालय वागमती प्रदेशले आवश्यक अनुसन्धान थालनी गरेको मन्त्री श्रेष्ठले बताए ।

जुत्ता व्यवसायीहरुलाई एकीकृत गरी औद्यौगिकग्राम निर्माण गरे आर्थिक मितव्ययिताका साथै बजारीकरण र व्यवस्थापनमा सहज हुने र प्रदेश सरकारले यसका लागि बजेट विनियोजन गर्नेमा उनले प्रतिवद्धता व्यक्त गरे ।

सञ्चालनमा आएको नेपाली जुत्ताघर सोरुमा बीएफ डियरहिल सुज, रन सुज, स्मार्ट सुज, क्रसरोड सुज, गोल्डस्टार, ब्ल्याक हर्स, फस्टवाल्क सुज, सांग्रिला ब्राण्डका जुत्ताचप्पलहरु बिक्रीका लागि राखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने