आज प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ साखा कार्यालय मकवानपुर परिसरमा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघको सदस्यता विवादको विषयलाई लिएर आपत्ति जनाउँदै आएको प्रेस युनियन मकवानपुरले आन्दोलनलाई थप शसक्त बनाउन आज धर्ना दिइएको युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए ।
प्रेस युनियन केन्द्रको निर्णय बमोजिम आज नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि महासंघका सबै समिति, शाखाहरुमा विहान ११ देखि १ बजेसम्म धर्ना दिने कार्यक्रम अन्तरगत मकवानपुरमा पनि धर्ना दिइएको उनले बताए ।
विधान विपरीत केन्द्रीय समितिले गैरपत्रकारलाई सदस्य बनाएर नामावाली सार्वजनिक गरेकाले आफुहरु आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
‘पत्रकार महासंघको विधान अनुसार शाखा र प्रदेशले सिफारिस गरेका सदस्यता र महासंघको विधान तथा मापदण्ड पुरा गरी आवेदन दिएका सदस्यको सदस्यता कायम गरी विधि प्रक्रीया विपरीत केन्द्रीय समितिले थप गरेका सस्दय हटाएर तुरुन्त मतदाता नामावली सार्वजनिक गर्न महासंघलाई दबाब दिन खोजेका हौँ ।’ उनले भने ।
युनियन मकवानपुरले शुक्रबार राति ११ः १५ बजे महासंघ मकवानपुरको कार्यालयमा तालाबन्दी गरेको थियो । निर्वाचन कमिटीले प्रकाशन गरेको पत्रकारको अन्तिम नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले तालाबन्दी गरेको हो । युनियन मकवानपुरले महासंघको कार्यालयमा ७ बुँदे मागसहितको ब्यानरसमेत झुण्ड्याएको छ ।
-------------- बिज्ञापन ---------------