साताको सोमबार शेयर बजार दोहोरो अङ्कले बढ्यो

आज सोमबार शेयर बजार बढेको छ । हिजो आईतबार घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, होटल समूहको शेयर उच्च अङ्कले बढेका छन ।
आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज ३ सय २३ वटा कम्पनीका ७१ लाख ६५ हजार कित्ता शेयर २ अर्ब ९९ करोड रुपैयाँमा किनबेच भएको छ ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित