[t4b-ticker]

सुन तस्करी प्रकरणमा २० जनालाई पक्राउ

सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानको क्रममा २० जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको हो । सीआईबीले प्रतिवादीहरूबाट दुई खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ । पक्राउ परेकाहरूलाई सङ्गठित अपराध, सुनको अवैध तस्करीलगायतमा सजाय माग गरिएको छ ।
ुब्रेक शुु मार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः अनुसन्धान थालेको हो ।
यसैबीच सीआईबीले पाँच वटा नक्कली कम्पनीमार्फत ुब्रेक शुु र विद्युतीय सामानमा लुकाएर झन्डै ३२ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट २०८० सालको साउन २ गते स्कुटरको ब्रेक शुु मा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन
बरामद भएपछि अनुसन्धान थालेको सीआईबीले त्यही समूहले ब्रेक शुु मा लुकाएर ३ सय ६२ किलो ७ सय ७८ ग्राम र अरू विद्युतीय सामानमा लुकाएर २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम सुन तस्करी गरेको खुलेको हो ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु