मकवानपुरको मनहरी गाउँपालिका ३ सिद्धकालीमा रहेको प्रजा आधारभुत विद्यालयमा निशुुल्क कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको छ । ३ नम्बर वडा कार्यालयले शैक्षिक सत्र २०८१ देखि विद्यालयमा निशुल्क कम्प्युटर कक्षा सुरु गरेको हो । गाउँपालिकाको सहयोगमा विद्यालयलाई १६ वटा कम्प्युटरको व्यवस्था गरेर कम्प्युटर कक्षाको सुरुवात गरिएको ३ नम्बर वडा अअध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए ।
-------------- बिज्ञापन ---------------
आजको प्रविधिमैत्री युगमा कम्प्युटर कक्षाको महत्वलाई मध्यनजर गर्दै सिद्धकालीमा रहेको प्रजा आधारभुत विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरिएको अर्यालले बताए । आगामी दिनमा मनहरी गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
विद्यालयले हाल कक्षा ६, ७ र ८ मा अनिवार्य कम्प्युटर कक्षाको सुरुवात गरेको प्रधानाध्यापक तुलबहादुर सुनारले बताए । ‘हामीले विद्यालयमा छुट्टै कम्प्युटर ल्यावकै व्यवस्था गरेका छौं’, प्रधानाध्यापक सुनारले भने, ‘कम्प्युटर कक्षाप्रति विद्यार्थीको रुची समेत बढ्दै गएको छ ।’ आगामी दिनमा सम्भव भएसम्म अन्य कक्षाका विद्यार्थीहरुलाई पनि अनिवार्य गर्ने उनको भनाई छ ।
स्रोत शिक्षक विदुरविक्रम थापाले विद्यार्थीलाई प्रविधि र कम्प्युटर शिक्षा प्रदान गर्न पालिकाले लिएको नीतिले शिक्षा सुधारमा समेत भूमिका खेल्ने विश्वास व्यक्त गरे ।