मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको हो । राप्रपा संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको हो ।
-------------- बिज्ञापन ---------------
नेकपा एमालेबाट मन्त्री बनेका पाँच जनाले सामूहिक रुपमा पदबाट राजिनामा दिएपछी अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते आइतबार विश्वासको मत लिदै छन ।
विश्वासको मत लिने कार्यका लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा बैठक आह्वान गरिसकेका छन् ।