मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

आज बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजिनामा दिएका हुन।

-------------- बिज्ञापन ---------------

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा असार २४ गते सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।

यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । बागमती प्रदेशमा नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न आफुले मुख्यमन्त्री पदबाट राजिनामा दिएको बताए हुन् ।

अब माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

बागमतीमा अब कांग्रेस(एमाले गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने