जहाज दुर्घटनामा परि मृत्यु भएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

हिजो सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज ( विहिवार) राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

-------------- बिज्ञापन ---------------

जहाज दुर्घटनामा परेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको हो ।

मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो ।
उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ ।

नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

चालक मनीषरत्न शाक्यको उद्धार गरिएको छ। उपचारत शाक्य खतरामुक्त छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने