आज सुनचाँदीको भाउ घटेको छ । आज तोलामा दुई हजार चार सय रुपैयाँले घटेको हो । हिजो तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर एक लाख ४५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
-------------- बिज्ञापन ---------------
चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।