बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्राप्त गरे विश्वासको मत

आज मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत प्राव्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

-------------- बिज्ञापन ---------------

लामाले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो । पहिलो पटक मुख्यमन्त्री बनेका लामाले मंगलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन।

१०३ जना सहभागी प्रदेश सभामा मुख्यमन्त्री लामाले विश्वासको मतको पक्षमा ६४ जना, विपक्षमा ३५ जना, ३ जना तटस्थ र ७ जना सांसद अनुपस्थित भएका थिए ।

प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत बहुमतले पारित भएको घोषणा गरे ।

गत साउन ८ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बागमती प्रदेशका मुख्यमन्त्री पदमा लामालाई नियुक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै