वडाध्यक्ष खनालले गरे १२ पास

मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन् । एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाईलाई विश्राम दिएका ५० वर्षीय खनालले गत वर्ष ११ र यस वर्ष १२ को परीक्षा दिएका थिए । शुक्रबार प्रकाशित परीक्षा अनुसार खनालले २।४१ जीपीए ल्याएर १२ कक्षा पास गरेका हुन् । अघिल्लो वर्ष उनले ११ पास गरेका थिए ।

-------------- बिज्ञापन ---------------

आफ्नै वडामा रहेको बालजीवन ज्योति माविको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी समेत सम्हालेपछि उनी कक्षा ११ मा भर्ना भएका थिए । स्कुलको पढाइ सुधार्ने अभियानमा लागिपरेका खनाल आफैं ११ मा भर्ना समेत भएका थिए । ु१२ कक्षा पनि पास गरें । अब कसैले सोध्दा प्लस टु पास गरेको छु भन्न सक्ने भएको छुु, वडा अध्यक्ष खनालले खुसी हुँदै भने, ुपढ्ने रहरलाई उमेरले छेक्दैन रहेछ भन्ने बुझेको छु । मैले रहरसंगै मेहनत पनि गरें । आज सफल भएको छु धेरै खुसी लागेको छु ।

खनालका दुईवटै छोराले स्नातक तहसम्मको पढाइ पूरा गरिसकेका छन् । पढाईलाई थप अघि बढाउने नबढाउने विषयमा भने निर्णयमा नपुगिसकेको उनले बताए । खनाल मनहरीको १ नम्बर वडामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । ुवडा अध्यक्षको जिम्मेवारी अझै ३ वर्ष बाँकी छ । जनताको काम गर्नुपर्ने दायित्व पनि छ । कम्तिमा १२ पास गरौं भन्ने सोचले ११ मा भर्ना भएको थिएँ, एउटा अठोट पूरा भएको छु, उनले भने, अब पढाईलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा परिवारसंग सल्लाहकार गर्न बाँकी रहेको छ ।

यता मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले वडा अध्यक्ष खनालको नतिजाले अरुलाई समेत हौसला मिल्ने प्रतिक्रिया दिए । ुहामी निर्वाचित भएर आएदेखी नै मनहरीको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको प्रयास गरिरहेका छौुं, कालाखेतीले भने, यहि अवस्थामा वडा अध्यक्षले १२ पास गरेको खबर सुन्दा खुसी लागेको छ । पढ्न चाहनेलाई उमेरले बाधा पुर्याउँदैन भन्ने यो गतिलो उदाहरण हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै