सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ । हेटौंडा–११ थानाभर्याङ्गमा भएको कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन्।
सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रा. लि. को समन्वय रहेको थियो।
-------------- बिज्ञापन ---------------
रक्तदाताहरूमा प्रहरी कर्मचारी, इकरात कम्पनीका कर्मचारीहरू र स्थानीय सर्वसाधारणहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठले गर्नुभएको थियो।