नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

नुवाकोटमा आज हेलिकप्टर दुर्घटना भएको छ । काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीको नाइन–एन एजेडी कल साइनको हेलिकप्टर दिउसो १ बजेर ४५ मिनेटमा र्दुघटनामा परेको हो ।

-------------- बिज्ञापन ---------------

नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा दुर्घटना भएको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्युभएको छ । हेलिकप्टर उडेको केहि मिनेटमै सम्पर्कविहीन भएको थियो ।

हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट नेपाली रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र पाइलट अरुण मल्ल छन् ।

पाँच जनाको सव हेलिकप्टरबाट निकालिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित