मंगलबार बागलुङको बडिगाड गाउँपालिका वना नम्बर ९ र १० गएको पहिरोमा परी हालसम्म ९ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना अझै हराईरहेका छन भने तिन जना घाईते भएका छन ।
-------------- बिज्ञापन ---------------
घाईते तिन जनालाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारको लागि काठमाडौं लगिएको छ। घाइते तीनै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार सुरु गरिएको छ।
पहिरोमा परी घाइते भएका १९ वर्षीया रिमा पुन, २५ वर्षीया सिता थापा र ४६ वर्षीया तुलसी बुढाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। पहिरोमा परी घाइते भएका ४६ वर्षीया तुलसी बुढाको अवस्था भने गम्भीर छ।
घाइते अरु ५ जनालाई बागलुङमै प्राथमिक उपचार पश्चात एम्बुलेन्स मार्फत काठमाडौं लगिएको हो।
यसैबीच स्वाथ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय ट्रमा सेन्टरमै पुगेर पहिरोमा परि घाइते भएकाहरुलाई भेटेका छन्। उनले घाइतेहरुको अवस्था बुझेपछि सन्टरलाई सबै घाइतेको उपचार निशुल्क गर्न निर्देशन पनि दिएका छन्।
पहिरोमा परी घाइते अवस्थामा ल्याइएका तीनै जनाको निशुल्क उपचार गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा रुद्र मरासिनीले बताएका छन् ।