आजबाट बागमती प्रदेशमा सप्ताहव्यापी रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउने भएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप आजबाट सप्ताहव्यापी रुपमा लगाइने जानकारी दिएको हो ।
-------------- बिज्ञापन ---------------
प्रदेशका १३ जिल्लामा ७६ हजार २ सय ७५ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ जिल्लामा रहेको ८ वटा पशु सेवा कार्यालयबाट शुक्रबार बाट एकैपटक खोप अभियानको सुरुवात गरिने बताइएको छ ।
प्रदेशका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप लागाउन ३ सय ७६ जना भ्याक्सिनेटर नियुक्त गरिएको छ ।
किसानहरुको पशुधन संरक्षण गर्नका लागि प्रदेश सरकार सधैं तत्पर रहेको बताउँदै मन्त्री श्रेष्ठले अभियानका समयमा छुटेका गाईभैंसीलाई अन्य समयमा पनि निरन्तर खोप लगाइने जानकारी दिए ।