आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेशलाई रोलमोडलको रुपमा स्थापित गर्ने घोषणा

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेशलाई रोलमोडलको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् ।

-------------- बिज्ञापन ---------------

उनले संघीयताप्रति पछिल्लो समय भइरहेको गलत टिप्पणीलाई चिर्दै अरु प्रदेशहरुले संघीयता कसरी सञ्चालन गर्न सकिन्छ भनेर बागमती प्रदेशलाई हेरेर सिक्ने अवस्था बनाउने गरी काम गर्ने बताए ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ पशुपती बहुमुखी क्याम्पस इकाईं समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले प्रदेशको हकमा संविधानभित्र रहेको मौलिक हक र अधिकार प्राप्तिको विषयमा केही कानूनी अड्चन भएतापनि प्रदेशले शिक्षा, स्वास्थ, रोजगार, खाद्य र समाज विकासको विषयमा दृष्टिकोण बनाएको बताए ।

‘विगतमा समाज परिवर्तनको निम्ति आन्दोलनहरुमा यस क्याम्पसबाट विद्यार्थीहरुको अहम भूमिका रहेको थियो । म आफू पनि विद्यार्थी राजनीतिबाट आज यहाँसम्म पुगेको छु, म आज जुन स्थानमा भएता पनि मेरो धरातल भनेको नेपाल विद्यार्थी संघ र विद्यार्थीहरुनै हो ।’ उनले भने ।

नेवि संघ क्याम्पस इकाई अध्यक्ष सरोज लिम्बुको सभाध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बिनोद पन्त, नेवि संघका पूर्व नेता तथा क्याम्पसका विद्यार्थीहरुको उपस्तिथि थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने