उपमहानगरपालिका वडा नम्वर १७, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौ ७ गते शुक्रबार बालमैत्री घोषणा गर्ने तयारी गरेको जानकारी दिइको हो ।

-------------- बिज्ञापन ---------------

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१७ का वडाध्यक्ष उद्धव सत्यालले जानकारी दिए ।

स्थानीय शासनयुक्त वडा घोषणा मुुल समारोह समिति संयोजक समेत रहेको उनले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४८ वटा सुचकहरु पूर्ण रुपमा हासिल गरेको बताए ।

यस्तै, १ वटा सुचक ९८ प्रतिशत, १ वटा सुचक ८१ प्रतिशत र १ वटा सुचक ८० प्रतिशत नतिजा हासिल गरेको उनले बताए ।

उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने वडाध्यक्ष सत्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित