बकैया गाउँपालिकामा तालाबन्दी

मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । कर्मचारी सरुवा तथा बढुवाको विषयलाई लिएर शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीकै नेतृत्वमा तालाबन्दी भएको हो ।

-------------- बिज्ञापन ---------------

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले चित्त बुझ्ने गरी काम नगरेकोले ताला लगाइएको उपाध्यक्ष खत्रीले बताएका छन् । उनले अध्यक्ष लामिछानेले विवादास्पद निर्णय गरेको समेत आरोप लगाए ।

यस विषयमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले भने आफुले सफा भावनाका साथ काम गरिरहेको बताएका छन् । उनले राजनीतिक स्वार्थबाट प्रेरित भई तालाबन्दी गर्ने कार्य भएको बताए ।

बकैया गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारी छैठौँ तहका फटिकरमण प्याकुरेलले सम्हाल्दै आएका थिए । तर, प्याकुरेललाई दुई वटा शाखाको जिम्मेवारी रहेको भन्दै गाउँपालिकाले छैठौँ तहकै रमेश फुयाँललाई स्वास्थ्य शाखाको जिम्मेवारी प्रदान गर्ने तयारी गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने