बागमतिमा लम्पी स्किनविरुद्धको खोपको सप्ताहव्यापी अभियान सम्पन्न

लम्पी स्किनविरुद्धको खोप अभियान अन्तर्गत् बागमती प्रदेशमा झण्डै ७२ हजार पशुमा खोप लगाइएको छ । बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा ७१ हजार ९७७ पशुमा खोप लगाइएको पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक गौरिमान श्रेष्ठले जानकारी दिए ।

-------------- बिज्ञापन ---------------

काठमाडौंमा ५ हजार १ सय ३६, ललितपुरमा २ हजार १ सय ४५, भक्तपुरमा ६ सय ९४, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १०, सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय २२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा १ हजार ३ सय २, चितवनमा १० हजार २ सय ७९ र मकवानपुरमा ७ हजार १२ वटा गाईंभैंसीमा खोप लगाइएको मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए ।

मन्त्रालयले २५ साउनदेखि ११९ वटै स्थानीय तहको समन्वयमा सप्ताहव्यापी खोप अभियान संचालन गरेको थियो । निर्देशक श्रेष्ठले वर्षातको कारण र कतिपय स्थानीय तहको भौगोलिक विकटताका कारण खोप अभियानले लक्ष्य भेट्न नसकेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित