हेटौंडामा ग्याँस बुलेटले कारलाई दियो ठक्कर, ३ जनाको घाइते

हेटौंडा उपमहानगरपालिका–९ मास्टर चोकमा ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

-------------- बिज्ञापन ---------------

पूर्व–पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय ग्याँस बुलेटले हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

ग्याँस बुलेटको ठक्करबाट कार चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी नगरपालिका–१का ३३ वर्षीय चुडा बहादुर बिष्ट, कास्की पोखरा महानगरपालिका–११ का ६३ वर्षीया पुरण श्रेष्ठ, लमजुङ बेंसीसहर नगरपालिका–८ का १७ वर्षीया नेहा राना मगर घाइते भएका छन् । उनिहरु पोखराबाट नर्सिङ भर्नाको परीक्षा दिन वीरगन्ज र जनकपुरका लागि हिंडेका थिए ।

उनीहरूलाई उपचारको लागि हेटौंडास्थित सन्चो हस्पिटल पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने