बसामाडी जेसीजको वर्ष सन् २०२४ को जेसीज सप्ताह सम्पन्न भएको छ । विभिन्न ७ वटा कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह समापन गरिएको हो ।
-------------- बिज्ञापन ---------------
जेसीज सप्ताह अन्तर्गत जेसीज र विद्यार्थीबीच फुट्सल, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना, लागूऔषध सम्बन्धि सचेतना, खाद्यान्न वितरण, साइबर सेक्युरिटी सम्बन्धि सचेतना र वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको थियो ।
आइतबार जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम संयोजक रामकृष्ण शिवाकोटीको संयोजकत्व एवम् बसामाडी जेसीजका अध्यक्ष उद्धवराज कठायतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता अशोक शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बसामाडी जेसीजका पूर्व अध्यक्ष अनिल अग्रवाल, वडा प्रहरी कार्यालयका प्रमुख दाताराम अधिकारी, मकवानपुरगढी जेसीजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनी, पालुङ जेसीज अध्यक्ष निरज रायमाझी, नेपाल परिवार नियोजन संघ अध्यक्ष ईश्वर पन्डित, बागमती प्रदेश बाल अधिकार समिति सदस्य प्रकाश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बसामाडी जेसीजका पूर्व अध्यक्ष बिबेक बजगाईं, गौतम केसी, चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, हरिवन सिटी जेसीजका संस्थापक अध्यक्ष बिनोद महत, अध्यक्ष निरज कार्की निर्भय, चैनपुर जेसीजका अध्यक्ष रबिन ढकाल, बकैया जेसीज अध्यक्ष सुशील घिमिरे, बसामाडी जेसीजका अध्यक्ष सल्लाहकार प्रविण मैनाली लगायतको आतिथ्यता रहेको थियो ।