नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराएको हो ।
-------------- बिज्ञापन ---------------
निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका दुई जना खेलाडीको पेनाल्टी बचाएका थिए । यस्तै नेपालका राम थापा, अबिनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शेखले गोल गरे ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश बिच खेल हुनेछ ।