आज आइतबार हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साईन्सेजमा रहेको सोसल सर्भिस क्लव र रोट¥याक्ट क्लव अफ मकवानपुरको संयुक्त आयोजनामा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो ।
-------------- बिज्ञापन ---------------
हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साईन्सेजका सहप्रधानाध्यापक राम पण्डित खनाल, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा ५ महिला र २३ पुरुष गरी २८ जनाले रक्तदान गरेका थिए । सोसल सर्भिस क्लवका अध्यक्ष रविना घिमिरेले रगतको अभावमा कसैलेपनि ज्यान गुमाउन नपरोस् भन्ने उद्दश्यले रोट¥याक्ट क्लव अफ मकवानपुरसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् । रोट¥याक्टका अध्यक्ष सिर्जना लामिछानेले विद्यार्थीहरुको समूह सोसल सर्भिस क्लवसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा रोट¥याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष प्रतिक्षा न्यौपाने, प्रदीपकुमार राई, निवर्तमान अध्यक्ष राजन कटुवाल, रोटरीका पूर्व अध्यक्षहरुसहित सोसल सर्भिस क्लवका उपाध्यक्ष शारंस महत, सचिव शिखा ढकाललगायतको सहभागिता रहेको थियो ।
