नेपाली कांग्रेस मकवानपुरले नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको पर्वसन्ध्यामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीज विशेष कार्यक्रमलाई सम्बाधेन गर्दै सभापति बानियाँले भड्किलो तरिकाले चाडपर्व नमनाउन आग्रह गरे ।
-------------- बिज्ञापन ---------------
उनले मौलिक संस्कृति र परम्परा झल्किने गरी तीज पर्व मनाउन सबैलाई आग्रह गरे । उनले यस्तो खाले चाडपर्वहरुले महिला हिंसालगायतका हिंसाजन्य घटनाहरुको अन्त्य गर्न सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना दिए ।
जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा हेटौंडा–४, स्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा जिल्लाको विभिन्न गाउँपालिकाका सभापति, उपसभापति, विभिन्न संघसंस्थाका प्रतिनिधि, कांग्रेस जिल्लाका क्रि याशील महिलाहरु, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा कांग्रेस महिला विभागकी इन्दिरा न्यौपानेले महिलाहरुले पनि अवसर पाए मुलुकको नेतृत्व गर्न सक्ने बताएकी थिइन् । उनले सम्पूर्ण महिलाहरुलाई तीज पर्वले खुसी, उत्साह, समृद्धि प्राप्त होस् भन्दै शुभकामना समेत दिइन् । कार्यक्रममा जिल्लाका हजारौँ महिलाहरुले दर खाँदै सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए ।
