प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन दिएको अन्तरिम आदेश अदालतबाट खारेज

प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।

-------------- बिज्ञापन ---------------

न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीको इजलासले ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन दिएको अन्तरिम आदेश आज खारेज गरेको हो । योसँगै नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएको छ ।

यसअघि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सहितका २१ जनाले आफूहरूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भन्दै भदौ ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । यो रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने