गण्डकी प्रदेशमा ९ वटा मन्त्रालय बनाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
-------------- बिज्ञापन ---------------
पाण्डेका अनुसार वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
‘यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर ९ वटा मन्त्रालय गण्डकी प्रदेशमा कायम गर्ने भनेर निर्णय भयो ।