खेतको आलिबाट लडेर एक जनाको मृत्यु

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, सरमपुरमा बुधबार बिहान खेतको आलिबाट लडेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय किशोर सिरबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

-------------- बिज्ञापन ---------------

भण्डारीका अनुसार, बिहान साढे ८ बजेको समयमा बेसी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा खेतको आलिबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक रुम्बाको शव हेटौंडा अस्पतालमा पोस्मार्टम पश्चात् आफन्तको जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने