राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा फ्रिडम फाइटर्स भेट्रान्स काठमाडौं र सिमरा भेट्रान्स बारा क्वाटरफाइनलमा प्रवेश

हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा फ्रिडम फाइटर्स भेट्रान्स काठमाडौं र सिमरा भेट्रान्स बारा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

-------------- बिज्ञापन ---------------

बुधबार युनिटी भेट्रान्स वीरगञ्जसँग ५–१ को जित निकाल्दै फ्रिडम फाइटर्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्रिडमका निलेन्द्र देवानले ४ गोल र विकर्ण श्रेष्ठले एक गोल गरेका हुन् । देवानले २९, पहिलो हाफको अन्तिम मिनेट, ३७ र दोस्रो हाफको अन्तिम मिनेट गरी ४ गोल गरेका हुन् । युनिटीका लागि ५० औं मिनेटमा कोमलकुमार खवासले एक गोल फर्र्काएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ द म्याच फ्रिडमका निलेन्द्र देवान घोषित भए ।

दोस्रो खेलमा अभिषेक चर्च भेट्रान्सलाई टाइब्रेकरमा स्तब्ध बनाउँदै सिमरा भेट्रान्स क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा पूर्णबहादुर रानाको गोलमार्फत अभिषेक चर्चले अग्रता लिएको थियो । सिमराका शेखर चौधरीले खेललाई बराबरीमा ल्याए ।

टाइब्रकेरमा सिमराका लालबहादुर गुरुङ, दिपेन्द्र चौधरी, राजु तिमल्सेना र शिवकुमार चौधरीको प्रहार गोलमा परिणत हुँदा अभिषेक चर्चका पूर्णबहादुर राना र टीकाबहादुर बिकले मात्रै गोल गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित