नेपाली कांग्रसले आफ्ना सांसदहरूलाई असोज ३ गते सम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर भएका सांसदहरूलाई काठमाडौँ आउन ह्विप जारी गरिएको छ ।
-------------- बिज्ञापन ---------------
उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको हो ।
कांग्रेसले पदीय आचार विपरीतको काम गरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारीकै कारण नेकपा एमालेले यसअघि आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान भनेको थियो ।