आज सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा तिन हजारले बढेसंगै सुनको भाउ हालसम्मकै उच्च भएको हो । आज सुनको भाउ तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
-------------- बिज्ञापन ---------------
हिजो सुनको भाउ तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि एकैदिन तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँ थियो ।