संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । सैनिक मञ्च टुँडिखेलमा भएको विशेष कार्यक्रम समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्ति सहभागी हुनुभएको छ ।
-------------- बिज्ञापन ---------------

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिरः प्रदीपराज वन्त / रासस
समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले परेडसहित विभिन्न समुदायले झाँक्री प्रस्तुत गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि।सं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । संविधान जारी भएको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।



