संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१को अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम गरेको छ । बिहान ७ बजे हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कार्यक्रम स्कुलरोड, बुद्ध चोक, चौकीटोल, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेको थियो ।
-------------- बिज्ञापन ---------------
कार्यत्रमलाई संबोधन गर्दै बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ जारी भएको आजको दिन सारा नेपालीको लागि हर्षोल्लासको दिन भएको बताए ।
यो संविधानले नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता, रास्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गरेको प्रदेश प्रमुख देवकोटाले बताए।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायतकाले संबिधान दिवसको अवसरमा शुभकामना मन्तब्यव्यक्त गरेका थिए ।