मकवानपुरमा मुस्लिम समुदायद्धारा प्रदेश प्रमुखहरुको स्वागत

मकवानपुरमा मुस्लिम समुदायले आयोजना गरेको प्रदेश प्रमुखहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

-------------- बिज्ञापन ---------------

मकवानपुरका मुस्लिम समुदायले हेटौंडा –४ मा रहेको जामे मस्जिदमा सोमबार एक कार्यक्रमको आयोजनामा गरी दुई प्रदेश प्रमुखको स्वागत तथा सम्मान गरेको हो ।

मुस्लिम समुदायले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाको स्वागत गरेको हो ।

सो क्रममा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटाले आपसी भाइचारा र मेलमिलापले खुसी र समृद्धि ल्याउने बताए । नेपाल एक धर्म निरपेक्ष मुलुक रहेको स्मरण गर्दै उनले संविधानको प्रस्तावनामै विविधतालाई आत्मसात् गरिएको उनले बताए ।

उनले आफ्ना स्वतन्त्रता प्रयोग गर्दा अरूको स्वतन्त्रता हनन् हुन दिएनौ भने मात्रै पनि समाज सभ्य र सु–संस्कृत हुने उल्लेख गरे ।

यस्तै, सो क्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाले सम्पूर्ण मुस्लिम समुदाय एक ढिक्का हुनुपर्ने बताउँदै हक अधिकारको लागि हातेमालो गरेर अगाडि बढेमात्रै पहिचानसहितको अधिकार प्राप्त गर्न सकिने उल्लेख गरे ।

कार्यक्रम अगुवा महमद समिम खानको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा एकै मञ्चमा दुवै प्रदेशका प्रदेश प्रमुखलाई राखेर स्वागत तथा सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित