हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारीमा छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–९ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।
-------------- बिज्ञापन ---------------
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसीले जानकारी दिए ।
बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेको केसी यही असोज ११ गते ९ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको बताए ।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।
यसअघि हेटौंडा–२, ७, ८, १७, १० र ४ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ ।