[t4b-ticker]

साविक विजेता डाँफेलाई हराउँदै हाँडीखोला सेमिफाइनलमा

साविक विजेता न्यू डाँफे क्लवलाई हराउँदै मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लव जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

-------------- बिज्ञापन ---------------

मंगलबार भएको क्वाटरफाइनल खेलमा हाँडीखोलाले डाँफेलाई ३–१ ले हराएको हो । पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा हाँडीखोलाले उत्कृष्ट कमब्याकु गर्दै अन्तिम चारमा स्थान बनाएको हो । डाँफेका लागि ४० औं मिनेटमा सुशान्त तामाङले गोल गरेका थिए । दोस्रो हाफमा हाँडीखोलाले ३ गोल थपेको हो ।

५३ औं मिनेटमा सन्जिव गिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५८ औं मिनेटमा उत्सव खड्काको गोल मार्फत खेलमा हाँडीखोलाले अग्रता बनायो । अतिरिक्त समयमा गिरीले नै व्यक्तिगत गोल गर्दै हाँडीखोलालाई ३–० को जित दिलाएका हुन् । खेलको म्यान अफ द म्याच हाँडीखोलाका उत्सव खड्का घोषित भए । हाँडीखोला समूह घ को विजेता र न्यू डाँफे समूह ख को उपविजेताको रुपमा क्वाटरफाइनल पुगेको थियो ।

मंगलबार नै भएको अर्को खेलमा हेटौंडाको गोर्खा ब्वाइज क्लवलाई २–० ले हराउँदै बागमती गाउँपालिकाको सहिद स्मृति क्लव जिल्ला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको दोस्रो मिनेटमा नै सहिद स्मृतिले अग्रता बनाएको थियो । उप्रान्त आलेको गोलमार्फत सहिद स्मृतिले अग्रता लिएको हो । ७६ औं मिनेटमा सहिद स्मृतिले अग्रता दोब्बर पार्यो । प्रताप थोकरले सहिदका लागि गोल गरेका हुन् । खेलमा गोर्खा ब्वाइजले केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको छ ।

गोर्खा ब्वाइज समूह ख को विजेता र सहिद स्मृति समूह घ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो । खेलको म्यान अफ द म्याच बागमतीका मेसक राई घोषित भए ।

सेमिफाइनल खेल बिहीबार हुनेछ । १२ गतेसम्म सन्चालन हुने जिल्ला लिगेको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । लिगमा मकवानपुरका २८ वटा क्लवले खेलिरहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु