आज शेयर बजार ओरालो लाग्यो

आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ८१ अङ्कले घटेर दुई हजार चार सय ८६ दशमलव ७६ विन्दुमा झरेको छ ।

-------------- बिज्ञापन ---------------

आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो चार अर्ब ८१ करोडको कारोबार भएकोमा आज तीन सय २२ वटा कम्पनीका एक करोड ३६ लाख कित्ता शेयर चार अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै