प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वागत समारोहमा सहभागी

संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन न्युर्योक पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

-------------- बिज्ञापन ---------------

महासभामा भाग लिन आएका पाहुनाका लागि राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा ओलीले उहाँसँग भेट गर्नुभयो । ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि स्वागत समारोहमा सहभागी हुनुहुन्थ्यो ।

ओलीले गएराति महासभालाई सम्बोधन गर्दै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको थियो । त्यसअघि उहाँले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखसँग भेटवार्ता गर्नुभएको थियो । साथै प्रधानमन्त्री ओलीसँग हिजो चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल गएको असोज ४ गते शुक्रवार न्युर्योक प्रस्थान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै