आज परेको अविरल बर्षाको कारण हेटौंडा–काठमाण्डौं छोटो दुरीका सडक खण्डमा पहिरोले गई सडक अबरुद्ध भएको छ ।
-------------- बिज्ञापन ---------------
हेटौँडाबाट काठमाडौँ भित्रिने छोटो दुरीको वैकल्पिक भीमफेदी,–कुलेखानी–सिस्नेरी–दक्षिाणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । ईन्द्रसरोवर गााउँपालिका—३ रामचन्द्र भन्ज्याङमा शुक्रबार दिउँसो गएको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी, प्रहरी र सडक विभागको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको जनाएको छ ।
पहिरोका कारण बिहीबारबाट बन्द कान्ति लोकपथ सञ्चालनमा ल्याउन सकिएको छैन । निरन्तर वर्षा भइरहेकाले बकैया–१२ घट्टेपाखामा खसेको पहिरो हटाउन समस्या भइरहेको प्रहरीको भनाइ छ ।