बाढिले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ भने इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् ।
-------------- बिज्ञापन ---------------
सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घरहरू बगाएको जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो । विभिन्न खोलामा बहाब बढेको र कुलेखानी जलाशयका ढोका खोलिएकाले बाढी ठुलो भै क्षति भएको प्रहरीले जनाएको छ ।
बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।