पुष्पाञ्जली आमा रात्री गस्ती समूहको अध्यक्षमा कल्पना थापा मगर चयन भएकी छिन् । समूहको तेस्रो साधारण सभाले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
-------------- बिज्ञापन ---------------
समूहको उपाध्यक्षमा धन मुक्तान, सचिव शुशीला कुमारी गौतम, कोषाध्यक्ष गोमा शाह तथा सदस्यमा बिना रिजाल, ज्ञानु जोशी, गोमा क्षेत्री, बिमला भारती, शारदा कार्की, बेली लामा चयन भएका छन् । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
मकवानपुर जिल्लामै रातको समयमा आमाहरुको समूह बनाएर राजमार्ग र वडाका विभिन्न टोलमा दुर्व्यसन र हिंसा रहित समाज निर्माणको लागि गस्ती गर्दै विगत पाँच बर्ष देखि काम भैरहेको छ । गस्ती समूहले शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुुगेको जिल्ला समन्वय समितिका पूर्व प्रमुख रघुनाथ खुलालको भनाई छ । पुुष्पाञ्जली आमा गस्ती समूहको कामलाई अवलम्बन गर्दै टोल विकास समितिहरु पनि रात्रिकालीन गस्ती समुह बन्दै गएको र यसले समाजमा विकृति समेत कम भएको वडा अध्यक्ष केसीको दावी थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम विष्ट, ९ नम्बर वडा टोल समन्वय समितिका अध्यक्ष रमिला सापकोटा, पूर्व वडा अध्यक्ष लक्ष्मण भण्डारी, पूर्व जिल्ला समन्वय समिति सदस्य सीता अधिकारी, वेतखोल्सी सामुदायिक वन समूहका अध्यक्ष वासुदेव प्याकुरेल, प्रगतिशिल टोल विकास समितिका अध्यक्ष जयराम खतिवडा, मदन टोल विकास समितिका अध्यक्ष सूूर्य स्याङ्तान, ९ नम्बर खेलकुद समितिका सदस्य गोकुल केसी लगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।