देशभरको तापक्रम घट्दै, चिसो बढ्दै

बिहान बेलुका विस्तारै चिसो बढ्न थालेको छ । पछिल्लो केही दिन यता देशभरको तापक्रम विस्तारै घट्न थालेसँगै चिसो पनि बढ्न थालेको हो ।

-------------- बिज्ञापन ---------------

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको न्यूनतमा तापक्रम १६ डिग्री सेल्सियमा झरेको छ । विराटनगरको न्यूनतम तापक्रम २३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै हेटौंडाको तापक्रम २२ डिग्री सेल्सियसमा झरेको छ ।

धनगढी ,नेपालगञ्ज, धनकुटा, भैरहवा, लगायका देशभरकै तापक्रम विस्तारै घट्नेक्रममा रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो । मौसमविद् लामिछानेका अनुसार तापक्रम घट्ने दर सबै ठाउँको एउटै नहुँने र ठाउँ अनुसार फरक फरक हुने बताउनु भयो ।

नेपालबाट १० दिन ढिलो गरेर १२ अक्टोबरबाट मनसुन बाहिरिसकेको छ । मनसुनी वायु बाहिरए पछि तापक्रम घट्ने थाल्ने मौसमविद्को भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित