हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम मंगलबारबाट सुरु हुने

जेसीआईं हेटौंडा लेडीको जेसीजको सप्ताहव्यापी कार्यक्रम २०२४ मंगलबारबाट सुरु हुने भएको छ । हेटौंडा लेडी जेसीज सन् २०२४ अध्यक्ष सजिता केसीका अनुसार विविध कार्यक्रम आयोजना गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम सुरु गर्न लागिएको हो । उनका अनुसार मंगलबारबाट चार दिनसम्म चल्ले कार्यक्रममा सातवटा कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।

-------------- बिज्ञापन ---------------

मंगलबार विहान हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतनमा खाद्यान्न वितरण, दिउँसो हेटौंडा–८ स्थित शुभम् पार्टी प्यालेसमा व्यक्तिगत सौन्दर्यकला तालिम हुने भएको छ । खाद्यान्न वितरण कार्यक्रमको संयोजकमा सुनिता लुईंटेल र सौन्दर्यकला तालिमको संयोजकको जिम्मेवारी प्रतिमा ढकाललाई प्रदान गरिएको छ ।

बुधबार विहान हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर सरसफाइ र दिउँसो हेटौंडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम तय गरिएको छ । सरसफाइ कार्यक्रमको संयोजकमा रञ्जु पुडासैनी तथा शैक्षिक सामग्री वितरण कार्यक्रमको संयोजकमा दिप्ती अधिकारीलाई तोकिएको छ ।

विहीबार विहान हेटौंडा–४ स्थित सितलमहल चोकमा स्लो स्कुट रेस प्रतियोगिता तथा दिउँसो हेटौंडा–८ स्थित चन्द्रोदय माविमा बुद्धरत्न शाक्य स्मृति खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने मूल कार्यक्रम संयोजक तथा कार्यकारिणी उफाध्यक्ष नम्रता श्रेष्ठले जानकारी दिइन् । स्कुटर रेस र वक्तृत्वकलाको संयोजकमा त्रमशः अस्मिता श्रेष्ठ र मोनिका पौडेल रहेकी छन् ।

शुक्रबार सप्ताहव्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण गरिनेछ । समापन समारोह हेटौंडा–८ स्थित शुभम् पार्टी प्यालेसमा हुनेछ । समापन तथा पुरस्कार वितरण कार्यक्रमको संयोजकमा सलोनी बटाजु रहेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै