बिस्तारै मोटरसाइकल चलाउन कार्की अब्बल

चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत आयोजित बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगितामा सुरज कार्की प्रथम भएका छन् । अन्य १४ सहभागीलाई अघि लगाउँदै उनले प्रथम स्थान हाँसिल गरेका हुन् ।

-------------- बिज्ञापन ---------------

प्रतियोगितामा अनिल थापा द्वितीय र निमेष केसी तृतीय भए । प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए ।

मोटरसाइकल बिस्तारै चलाएर पनि पुरस्कार जित्न सकिन्छ र गन्तव्यमा पुग्न सकिन्छ भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको जेसीज सप्ताह मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले जानकारी दिए ।

कार्यक्रम संयोजक मनिष पौडेपको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष थापाले पछिल्लो समय तीव्र गतिमा मोटरसाइकल चलाएकै कारण धेरै युवाले अकालमा ज्यान गुमाइरहेको स्मरण गर्दै यस्ता कार्यक्रमले सचेतना फैलाउन मद्दत पुग्ने बताए ।

जेसीजसंगको सहकार्यमा खुला फुटबल प्रतियोगिता समेत सन्चालन भैरहेको भन्दै उनले आगामी दिनमा समेत जेसीजसंग सहकार्य जारी राख्ने बताए । कार्यक्रममा कार्यपालिका सदस्य मीरा गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्रीय सभापति सन्जीव पाठक, पशुपति टोल विकास संस्था अध्यक्ष बालमुकुन्द ढकाल, धनेश्वरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष परमेश्वर लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

जेसीज सप्ताह अन्तर्गत बिहीबार लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम, शुक्रबार वक्तृत्वकला प्रतियोगिता, शनिबार खुला जेसीज दौड प्रतियोगिता हुने जेसीजका महासचिव श्रीकृष्ण ढकालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित